Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

काम नगर्ने ७ कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा

काम नगर्ने ७ कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा

काठमाडौं, २१ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने यी ७ कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गरी ७ वटा निर्माण व्यवसायी–आपूर्तिकर्ता कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले श्री ए. के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ। यस्तै श्री कण्टा निर्माण सेवा,श्री लाटिनाथ कन्स्ट्रक्सन सेवा, श्री अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, श्री कालिगंगा निर्माण सेवा, श्री आविद निर्माण सेवा र श्री बिक्रम खाद्य स्टोरलाई एक–एक वर्षमा लागि कालोसूचीमा राखेको छ ।

कालो सूचीमा राखेको अवधिभर ति कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *