अर्थतन्त्रलाइ पुनः स्थापित गर्न निजी क्षेत्रका संस्थाहरूबीच कार्यगत एकता आवश्यक : मल्ल

काठमाडौं, २१ साउन । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल सहित पदाधिकारीलाई स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए । विश्वव्यापी फैलिएको कोरोना महामारीको असहज परिस्थितिले अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको मल्लले बताए ।

अर्थतन्त्रलाइ पुनः स्थापित गर्नका लागि खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरूबीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको छ ।

यस्तै नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रमको लागि चेम्बरलाई धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *