Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५१ प्रतिशतले बढ्यो चामल आयात, यस्तो छ विगत ५ वर्षको तथ्यांक

५१ प्रतिशतले बढ्यो चामल आयात, यस्तो छ विगत ५ वर्षको तथ्यांक

काठमाडौं, २१ साउन । आत्मनिर्भर उन्मुख हुने रणनीतिक योजनाको अभावका साथै भएका नीति तथा कार्यक्रम समेत दिगो कार्यान्वयन नहुँदा मुलुकमा वर्षेनि खाद्यान्नको आयात बढ्दै गएको छ । देशको दुई तिहाइ भन्दा बढी जनसंख्या कृषिमा निर्भर भए तापनि दैनिक उपभोग्य अत्यावश्यक वस्तुको आयात चुलिँदै गएको सरकारी तथ्यांकहरूले नै देखाउँछन् ।

नेपालले आयात गर्ने खाद्यान्न वस्तुको अग्रस्थानमा चामल रहने गरेको छ । भन्सार विभागको गत आर्थिक वर्षकै तथ्यांक हेर्दा पनि कुल ५० अर्ब ७८ करोड ७२ लाख रुपैयाँ बराबरको चामल भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५१ प्रतिशत हो । परिमाणको आधारमा गत आवमा १ अर्ब ३३ करोड ४३ लाख ३६ हजार केजी चामल भित्रिएको हो ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा वर्ष ३३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । सो वर्ष कुल ४४ करोड ८४ लाख ८२ हजार किलो चामल नेपालले पैठारी गरेको विभागको तथ्यांक छ ।

विगत ५ वर्षको चामल आयातको तथ्यांक हेर्दा उतारचढाव रहेको पाइन्छ । समग्रमा भने यसको आयात बढिरहेको देखिन्छ । जस अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ३२ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरको चामल आएको छ । यस्तै आर्थिक वर्ष २०७४÷७५ मा २९ अर्ब ५३ करोड २३ लाख, आर्थिक वर्ष २०७३÷७४ मा २३ अर्ब ८७ करोड ८४ लाख र आर्थिक वर्ष २०७२÷७३ मा २२ अर्ब ८० करोड ३० लाख रुपैयाँ बराबरको चाम पैठारी भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x