Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मौद्रिक नीति यो साता पनि नआउने

मौद्रिक नीति यो साता पनि नआउने

काठमाडौं, २१ साउन । चालू आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीति यो साता पनि सार्वजनिक नहुने भएको छ । यसै साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरे पनि केही प्राविधिक कारणले त्यो समय केही पर धकेलिएको राष्ट्र बैंकले स्रोतले बताएको छ ।

राष्ट्र बैंकले साउनको पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि सरकारको प्राथमिकताका आधारमा सार्वजनिक गर्न खोजेकाले ढिला भएको हो, जस अनुसार अर्को साताको अन्त्यतिर मात्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

यसैबीचमा अर्थसचिव शिशिर ढुंगानाको स्थानमा मधु मरासिनी आएका छन् । राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने व्यवस्था छ । बुधवार मात्र सञ्चालकको शपथ लिएका मरासिनीले मौद्रिक नीतिबारे अध्ययन गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x