लगातार चार दिन बढेको शेयर बजारमा १६ अंकको ‘करेक्सन’

काठमाडौं, २१ साउन । यो साताको चार कारोबार दिन लगातार बढेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार भने १६ अंकको ‘करेक्सन’ भएको छ । बुधबार १२.०३ अंकले बढेर ३१२३.१५ विन्दुमा रोकिएको बजार बुधबार ३१०७.४५ विन्दुमा झरेको छ ।

बिहीबार वाणिज्य बैंक र विकास बैंक बाहेक अरु सबै समूहको सूचक नकारात्मक रह्यो । विकास बैंक १०८.६९ अंकले बढेपनि वाणिज्य बैंकको सूचक भने ०.१२ अंकले मात्र बढेको छ।

कुल २२६ कम्पनीको १४ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भयो । नेपाल फाइनान्स, कर्णाली विकास बैंक र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ। युनियन लाइफको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा माथिले बढेको छ । बढी गुमाउनेमा भने युनिभर्सल पावर कम्पनी, हिमालयन पावर पार्टनर, शिवश्री हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, युनाइटेड मोदी र बरुण हाइड्रोपावर छ । यी सबै कम्पनीको शेयर मूल्यमा ५ प्रतिशत भन्दा माथिको गिरावट छ ।

बिहीबार सर्वाधिक शेयर कारोबार भने अपर तामाकोशी जलविद्युतको भएको छ । यो कम्पनीको ६४ करोड ६५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *