Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सञ्चालक सचितिको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरिएको बताइएको छ । परीक्षा हुनुभन्दा पन्ध्र दिन अघि सूचना जारी गरेर परीक्षाको जानकारी दिने निर्णय भएको छ ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x