Date

मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025

नेप्से परिसूचक ३१०८ विन्दुमा, १४ अर्ब २७ करोडभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक ३१०८ विन्दुमा, १४ अर्ब २७ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, २४ साउन । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंकले वृद्धि भएर बन्द भएको छ । नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएर ३१०८.१३ विन्दुमा रोकिएको हो ।

आज २२७ कम्पनीको २ करोड ६९ लाख ३९ हजार कित्ता शेयर १४ अर्ब २७ करोड १२ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कर्पाेरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र जिवन विकास लघुवित्त वित्तीय कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । भने युनियन लाईफ इन्स्योरेन्स, न्याङ्दी ग्रुप पावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आज अपि पावरको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्र भएको छ । अपिको शेयर मूल्य ६०७ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *