Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना बीमाको दाबी भुक्तानीको ढिलाइले बीमाबारे नकारात्मक सन्देश जाने चिन्ता

कोरोना बीमाको दाबी भुक्तानीको ढिलाइले बीमाबारे नकारात्मक सन्देश जाने चिन्ता

काठमाडौं, २५ साउन । नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले कोरोना बीमाको दाबी भुक्तानी रोक्दा बीमा क्षेत्रबारे नकारात्मक सन्देश जाने भन्दै सरकारलाई आफ्नो दायित्व अन्तर्गतको रकम तत्काल निकासा गरिदिन आग्रह गरेका छन् । सरकारले आफ्नो दायित्व बापतको झन्डै १० अर्ब रुपैयाँ निकासा नगरिदिँदा साउन १ देखि कोरोना बीमाको दाबी भुक्तानी कम्पनीहरूले रोकेका छन् ।

महासचिव क्षेत्रीका अनुसार कोरोना बीमामा कुल १ अर्ब ५ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ भने दाबी १३ अर्ब १४ करोड १७ लाख रुपैयाँभन्दा बढीको परेको छ । त्यसमध्ये हालसम्म करिब ५ अर्बको हाराहारीमा दाबी भुक्तानी भएको छ । अब कम्पनीहरूलाई कोरोना बीमाको भुक्तानीका लागि पैसा व्यवस्थापन गर्न समस्या भएकाले सरकारले दिने रकम नआईकन बीमितलाई दिन सक्ने अवस्था नरहेको उनले प्रष्ट पारे । चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले कुल जनसंख्याको ३३ प्रतिशत जनतामा बीमाको पहुँच पु¥याउने लक्ष्य राखेको छ । तर दाबी भुक्तानीमा देखिएको अन्यौलले उक्त लक्ष्यलाई समेत प्रभावित पार्न सक्ने उनको बुझाइ छ ।

सरकारलाई दायित्व बापतको रकम तत्काल निकासा गर्न बीमा समिति र कम्पनीहरूबाट पनि पटकपटक पहल भइरहेको जनाइएको छ । बीमितहरूले दाबी भुक्तानीका लागि ताकेता गरिरहेकाले भन्दै उनले कतिपय बीमितले त कम्पनीको शाखा कार्यालय नै बन्द गर्नेसम्मको धम्की दिन थालेको महासचिव क्षेत्रीले बताए ।

नेपालमा कोरोना संक्रमण बढ्दै गर्दा २०७७ वैशाख ७ गतेदेखि कोरोना बीमा पोलिसी शुरू गरिएको थियो । गतवर्षको असार मसान्तदेखि यो बीमा पोलिसीको विक्री बन्द भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x