Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गत वर्ष चिलिमेको खुद नाफा ५.८७ प्रतिशतले घट्यो

गत वर्ष चिलिमेको खुद नाफा ५.८७ प्रतिशतले घट्यो

काठमाडौं, २५ साउन । गत आर्थिक वर्ष २०७७–०७८ मा चिलिमे हाइड्रोपावरको खुद नाफा ५.८७ प्रतिशत घटेको छ । कम्पनीले गत वर्ष ७० करोड १८ लाख ३४ हजार रुपैयाँमा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट आम्दानी घट्नुका साथै सञ्चालन तथा मर्मतसम्भार खर्च वृद्धि भएकाले खुद नाफा घटेको हो । विद्युत बिक्रीबाट १ अर्ब १२ करोड ८० लाख रुपैयाँमा कमाएको छ । सञ्चालन तथा मर्मतसम्भार खर्च ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ४ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x