गुराँस लाइफले ५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं, २५ साउन । गुराँस लाइफ इन्स्योरेन्सले चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद गरी ५.७८ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको संचालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लाभांश दिन लागेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश प्रस्ताव नियामक निकाय बीमा समितिबाट अनुमोदन भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *