Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

रसुवागढी नाकाबाट स्याउ आयात बढ्यो, तीन सातामा ५१ करोडभन्दा बढी राजस्व असुली

रसुवागढी नाकाबाट स्याउ आयात बढ्यो, तीन सातामा ५१ करोडभन्दा बढी राजस्व असुली

रसुवा, २५ साउन । रसुवागढी नाकाबाट आइतवार एकै दिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतवार स्याउमात्र भित्रिएको भन्सार कार्यालयले बताएको छ ।

आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले जनाएका छन् । स्याउ सड्ने गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

भन्सार कार्यालयले चीनबाट आयात भएका माल सामग्रीबाट २३ दिनको अवधिमा भन्सार शुल्कबापत ५१ करोड ५३ लाख ३० हजार राजस्व असुली गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ को यसै अवधिको तुलनामा यो अवधिमा ४५ दशमलव ७७ प्रतिशतले राजस्व बढी हो ।

साउन १ गतेदेखि २३ दिनको अवधिमा असुल भएका भन्सार शुल्कबापतको राजस्वमध्ये करिब १५ करोड सवारी साधन आयातबाट प्राप्त भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । नयाँ आवको शुरुदेखिनै निरन्तररूपले पिकअप एवं माइक्रोबसजस्ता सवारी साधन आयात बढ्न थालेको छ । नेपालमा निर्माणाधीन जलविद्युत्का उपकरण, जुत्ताचप्पल, तयारी पोशाक, लसुन, अदुवा एवं अक्सिजन उत्पादनका उपकरण तथा सिलिण्डरका साथसाथै मेडिकललगायत विविध सामग्री आयात भइरहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

पहिलो कहरको कोभिड–१९ का कारण चिनियाँ सवारी साधनले नै रसुवागढीसम्म माल सामग्री पु¥याउन थालेपश्चात् आयात भइरहेका माल सामग्रीको परिमाण भारी मात्राले घटेको छ । सीमा क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि दुई देशका छिमेकी अधिकारीबीच गत वर्ष मतेरीपुलमा सम्पन्न नियमित बैठकबाट दैनिक १५ कन्टेनर सामग्री नेपाल पठाउने सहमति भए पनि कोरोना सङ्क्रमणकै कारण हालसम्म सात कन्टेनर मात्र आयात भइरहेको भन्सार अधिकारीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x