Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

महिला उद्यमशिलता प्रवद्र्धनमा उद्योग संगठन मोरङको पहल

महिला उद्यमशिलता प्रवद्र्धनमा उद्योग संगठन मोरङको पहल

विराटनगर, २५ साउन । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले महिलाहरुले स्थानीय शिप र श्रमको प्रयोग गरी संचालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गरी महिला शसक्तिकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनुपर्ने वताए । महिलाहरुलाई उद्यमशिलतामा तर्फ आकर्षित गर्न सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिएका सुविधाहरुमा महिला उद्यमीहरुको पहुच सुनिश्चीत हुने वातावरण तयार गर्न सबैको उत्तरदायित्व भएको बताए ।

आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले परिवर्तित नीति नियम र बजारको प्रणालीका कारण महिला उद्यमीहरुको सोच र सृजनात्मकताले विभिन्न समस्याको सामना गर्नुपरेको वताउदै महिला उद्यमीहरुको व्यवसायिक क्षमताविकासमा कार्यत्रमले सहयोग पु¥याउने विश्वास लिए । उनले व्यवसायका संचालन गर्ने क्रममा आईपर्ने प्रकृयागत अप्ठायाराहरुमा सहजीकरण गर्न संगठनले आगामी दिनमा सहयोगी डेस्क स्थापना गर्ने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x