Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कमलादी र भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ परियोजनमा निफ्राले कर्जा लगानी गर्ने

कमलादी र भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ परियोजनमा निफ्राले कर्जा लगानी गर्ने

काठमाडौं, २५ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनाहरु निर्माण र संचालनका लागि कर्जा लगानी सम्झौता सम्पन्न भएको छ। वोन्डर्स ग्रुपद्वारा निर्माणाधीन कमलादी स्थित ‘स्काई वाक टावर’७८ मिटर उचाई को हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुको लागि व्यवस्था सहितको पूर्वाधारहरु रहने छन् ।

मुलुककै अग्लो उचाईको टावरबाट काठमाडौं उपत्यका को रमणीय दृष्य शिशा को सतह बाट अवलोकन गर्न सकिने यस परोयोजनाले आन्तरिक तथा बाह्यपर्यटक लाई उल्लेख्य मात्रामा आकर्षित गर्ने अपेक्षा गरिएको छ । यस्तै धनकुटाको भेडेटारमा निर्माणाधीन टावर सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको हो । प्रदेश १ को लगानीप्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको यसपरियोजनाले देशको पुर्व भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने विश्वास छ । बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि ६७ करोड ५० लाख बराबरको कर्जा सिमा स्वीकृत गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x