सन नेपाल लाइफद्वारा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौं, २६ साउन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
आव २०७६/७७ को लागि लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
सभाले स्वतन्त्र सञ्चालकमा नितु कयाललाई नियुक्त गरेको जानकारी गराएको छ । हालसम्ममा कम्पनीले देशभरका २० ओटा शाखा कार्यलय तथा १०८ उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।