Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, पौने १८ अर्बको शेयर कारोबार

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, पौने १८ अर्बको शेयर कारोबार

काठमाडौं, २६ साउन । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । लगाताल उच्च विन्दु बनाउँदै आएको शेयर बजार आज ३१६१.४४ विन्दुमा रोकिएको छ । नेप्से परिसूचक आज ५१.८६ अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम बढ्दै गएको छ । आज २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज करोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा हाइड्रोपावर १०.०८ प्रतिशत, ०.२४ प्रतिशत र उद्योग समूह १.६६ प्रतिशत रहेको छ ।

आज सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । फाइनान्स समूहको परिसूचक ६.७८ प्रतिशतले वृद्धि भएको छ ।
आज ११ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x