Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

देशको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत पुग्यो

देशको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत पुग्यो

काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले देशको ऋण ४ वर्षको अन्तरालमा उच्च अंकले वृद्धि भएको बताएका छन् । मंगलबार संसदमा स्वयतपत्र वाचन गर्दै मन्त्री शर्माले देशको सार्वजनिक ऋण आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ५८ अर्ब रुपैयाँ अथवा कुल गार्हस्थ उत्पादनको २२.७ प्रतिशत भएकोमा आर्थिक वर्ष २०७७/७८ सम्ममा कुल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत पुगेको बताएका हुन् । उनले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा ६ खर्ब ५८ अर्ब रुपैयाँ अर्थात कुल गार्हस्थ उत्पादनको २२.७ प्रतिशत सार्वजनिक ऋण रहेकोमा गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा २५० प्रतिशतले वृद्धि भएर १७ खर्ब २९ अर्ब रुपैयाँ अर्थात कुल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत पुगेको छ ।’

कुल तिर्न ऋणमध्ये ८ खर्ब १ अर्ब रुपैयाँ आन्तरिक ऋण र ९ खर्ब २८ अर्ब रुपैयाँ र वैदेशिक ऋण रहेको मन्त्री शर्माले जानकारी गराए । उनले आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक २ खर्ब २४ अर्ब रुपैयाँ र वैदेशिक ऋण १ खर्ब ४० अर्ब रुपैयाँ गरी ३ खर्ब ६४ अर्ब रुपैयाँ लिइएको जानकारी गराए । वैदेशिक ऋण उलेख्य रुपमा बढ्दै गएता पनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हाँसिल गर्न नसकिएको बताए । ‘सार्वजनिक ऋणको भार बढ्दै जाने र त्यसको उत्पादनशील क्षेत्रमा महत्तम परिचालन हुन नसके भविष्यमा विकासका लागि स्रोतको अभाव हुन सक्ने र विकास वित्त परिचालनका लागि उच्च लागत लाग्न जाने देखिन्छ ।’ उनले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x