Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले तालिम दिने

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले तालिम दिने

काठमाडौं, २८ साउन । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ मा बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्नेछ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हाँसिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले बढिरहेको जोखिमको सामना गर्न सघाउ पुगेको बताए ।

यस्तै इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले बैंकिङ्ग क्षेत्रमा भएको ज्ञानको कमीलाई पुरा गरेको बताए ।
बैंकले हाल ७७ वटै जिल्लामा २ सय ४७ वटा शाखा कार्यालय, २ सय ९ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मात्र वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x