मौद्रिक नीति समग्रमा कोभिड प्रभावित क्षेत्रको पुरुत्थानमा केन्द्रित
काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीति समग्रमा कोरोना प्रभावित क्षेत्रको पुनरुत्थानमा केन्द्रित रहेको देखिन्छ । कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरूको पुनरुत्थान गर्दै अर्थतन्त्र विस्तारमा सहयोग पु¥याउने प्रमुख ध्येयका साथ ल्याइएको मौद्रिक नीतिले लक्षित कार्यदिशा तय गरेको छ ।
मौद्रिक सहजीकरण गर्नुपर्ने र आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न कसिलो मौद्रिक नीति अवलम्बन गर्नुपर्ने अवस्थाबीच तालमेल मिलाइएको यसमा गरिएका व्यवस्थाले पुष्टि हुन्छ । मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने दबाबतर्फ सजग रहँदै मौद्रिक नीतिको अंकुशको रूपमा रहेको विद्यमान स्थिर विनिमयदर पद्धतिलाई कायम राखेको छ । समष्टिगत आर्थिक स्थितिका आधारमा मौद्रिक व्यवस्थापन गरिने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।
वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाउँदै उपलब्ध वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता विकास र दिगो तथा समावेशी आर्थिक विकास हासिल गर्नेतर्फ मौद्रिक नीति परिलक्षित हुनु चालू आवको मौद्रिक नीतिको विशेषता हो । त्यस्तै, ब्याजदर कोरिडोरको प्रभावकारी कार्यान्वयनमार्फत् ब्याजदर स्थायित्व कायम हुनेगरी तरलता व्यवस्थापनमा जोड दिएकाले बैंकिङ क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ ।
वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थामा सुशासन प्रवद्र्धन तथा सुदृढीकरण गरी वित्तीय मध्यस्थताको कार्यलाई कुशल र प्रभावकारी बनाइने भएको छ भने भुक्तानी कारोबारमा विद्युतीय माध्यमको प्रयोगलाई प्रवद्र्धन गरी नगद कारोबार न्यूनीकरण गर्दै लगिने मौद्रिक नीतिको कार्यदिशा रहेको छ । यसले डिजिटल भुक्तानी एवं पेपरलेस बैंकिङ प्रणालीको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
वित्तीय पूर्वाधारको विकास र वित्तीय साक्षरता अभिवृद्धिमार्फत वित्तीय पहँुच तथा वित्तीय समावेशीकरण प्रवद्र्धन गर्ने एवम् आर्थिक तथा मौद्रिक लक्ष्य प्राप्तिमा ध्यान दिनुका साथै उपभोक्ता मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्नुको साथै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिँदै अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गर्ने मौद्रिक नीतिको अर्को लक्ष्य रहेको छ ।
आव २०७८÷७९ मा कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन गरिनेतर्फ पनि मौद्रिक नीति परिलक्षितछ । यसैगरी कुल गार्हस्थ्य उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारको रूपमा लिई आव २०७८÷७९ मा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने प्रक्षेपणले आशा गर्ने ठाउँ दिएको छ ।