Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

इन्टरनेट सेवाको शुल्क घटाउने तयारी

इन्टरनेट सेवाको शुल्क घटाउने तयारी

काठमाडौं, ३० साउन । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच विस्तारका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिएका हुन् ।

‘मोबाइल डेटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘सरकारी र निजीक्षेत्र मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइनेछ ।’ एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउन इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उनको भनाइ छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताए । प्रविधिको प्रयोग गरेर मात्र मुलुकलाई समृद्व बनाउने सकिने भन्दै उनले नेपाललाई डिजिटल नबनाई सुशासन हुन नसक्ने धारणा राखे ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजीक्षेत्रले गरेको बताए । यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए ।

कार्यक्रममा लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बन्द कोठाभित्र रहेका विद्यार्थीलाई भोलीको समृद्ध नेपाल बनाउन सोच्न, अध्ययन गर्न र सरकार तथा सरोकारवालालाई जगाउन ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ले सहयोग पुग्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x