Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौं, ३० साउन । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । उक्त आईपीओ शनिबार बाँडफाँड भएको हो । आईपीओमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन परेको थियो । जसमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्ध भएका १ लाख ६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई साउन २० गते देखि २४ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको थियो । कूल ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ४.४८ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x