Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणका लागि गुणात्मक प्रयासको खाँचो’

‘उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणका लागि गुणात्मक प्रयासको खाँचो’

काठमाडौं, ३१ साउन । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणका लागि गुणात्मक प्रयासको खाँचो रहेको औंल्याएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिवार भर्चुअलरूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशभित्र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नेतिर उद्योगी व्यवसायीले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

त्यसका लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले प्रभावकारी प्रयन्त जरुरी रहेको बताए । निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको र यसमा निजीक्षेत्रको सहयोगको आवश्यकता उनले औंल्याए ।

कोभिड– १९ संकटका बेला निजीक्षेत्रले राहत महसुस गर्ने गरी सरकारले पाइला चाल्ने जानकारी गराउँदै उनले शुक्रबार सार्वजनिक मौद्रिक नीतिमार्फत केही सम्बोधन गर्ने प्रयास गरिएको बताए । राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नका लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ, त्यसका लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउनसमेत निजीक्षेत्रको सहयोग रहने अपेक्षा उनले गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिडपछिको पुनरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको धारणा राखे । सरकारको राहत योजना विकसित मुलुकको जस्तो सीधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको उनको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x