Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

काठमाडौं, ३१ साउन । चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रूपले सञ्चालन हुँदै आएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्णरूपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुवै संघले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्रमा राजस्व संकलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्णरुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

नाका अस्थिर हुँदा सयौंको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार बन्द हुँदा त्यहाँ काम गर्ने मजदूर अहिले विचल्लीमा परेकाले पूर्णरूपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ । नाका सञ्चालनका साथै विपद् न्यूनीकरणका लागि पहल गरिदिन संघले प्रधानमन्त्री देउवालाई अनुरोध समेत गरेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x