एक्सेल डेभलपमेण्ट बैंकलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं, ३१ साउन । नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेण्ट बैंकलाई १०ः३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न साउन ३१ गते आइतबार धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. १ अर्ब ५ करोड ४४ लाखभन्दा बढी पुग्नेछ ।