Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन २१ अर्ब ६४ करोडको कारोबार

शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन २१ अर्ब ६४ करोडको कारोबार

काठमाडौं, ३१ साउन । आइतबार शेयरमा नयाँ रेकर्ड कायम भएको छ। नेपालको पुँजी बजारमै आइतबार सबैभन्दा धेरै २१ अर्ब ६४ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ। कारोबार रकमको यसअघिको १९ अर्ब ५० करोड रुपैयाँको रेकर्ड आइतबार तोडिएको हो ।

शुक्रबार जारी भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोमा प्रदान गरिने कर्जामा कडाइँ गरेपछि त्यसको प्रभावले बिक्रीको चाप बढेको छ ।

कारोबार बढेको दिन नेप्से परिसूचक भने २४.८८ अंकले घटेको छ । आइतबार शेयर बजारमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सूचक, सेन्सेटीभ इन्डेक्स १.९ अंकले घटेको छ ।

आइतबार खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । एनआईबीएल प्रगति फन्ड र रिढी हाइड्रोपावरको शेयर मूल्यमा ८ प्रतिशत भन्दा बढीको गिरावट छ । सबैभन्दा धेरै शेयर कारोबार भने नेपाल बैंक लिमिटेडको १ अर्ब रुपैयाँ ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x