Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अर्थतन्त्र शिथिल बन्दा पनि २० प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको नाफा

अर्थतन्त्र शिथिल बन्दा पनि २० प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं, ३२ साउन । मुलुकमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७७–७८ मा खुद नाफा २० प्रतिशतले बढाएका छन् । कोरोना माहामारीले मुलुकको अर्थतन्त्र शिथिल बनेर कर्जा लगानी प्रभावित हुनुका साथै साँवा र ब्याज समेत उठ्न सकस भइरहेका बेला बैंकहरूको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा २०.०२ प्रतिशतले बढेर ६३ अर्ब ३७ करोड रुपैयाँ पु¥याएका छन् । अघिल्लो आवमा २७ वाणिज्य बैंकले खुद नाफा ५२ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेका थिए ।

गत आवमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ४ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको हो । उसको यो नाफा अघिल्लो वर्षको भन्दा ३०.०६ प्रतिशतले बढी हो । यस्तै, दोस्रोमा ग्लोबल आइएमइ बैंक छ । यस बैंकले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो खुद नाफा रकम अघिल्लो वर्षको भन्दा ४१.८७ प्रतिशतले बढी हो ।

गत आवमा धेरै नाफा कमाउने तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक छ । तर गतवर्ष बैंकको नाफा रकम घटेको छ । बैंकले यस अवधिमा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा ४ अर्ब ३७ करोड रुपैयाँ थियो । नाफा कमाउने चौथो स्थानमा कृषि विकास बैंक रहेको छ । बैंकले गतवर्ष ३ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको हो । यस्तै पाँचौंमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

गतवर्ष तीन अर्बभन्दा बढी नाफा कमाउनेहरूमा नेपाल बैंक, हिमालयन बैंक, एनआइसी एसिया बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्, जसअनुसार एनआईसी एशियाले ३ अर्ब २५ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब २५ करोड, नेपाल बैंकले ३ अर्ब ६ करोड र हिमालयन बैंकले ३ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।

सिद्धार्थ बैंक, प्रभु बैंक, मेगा बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, एनएमबि र सानिमा बैंकले २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । सिद्धार्थ बैंकले २ अर्ब ८३ करोड, मेगा बैंकले २ अर्ब ३० करोड रुपैयाँ, कुमारी बैंकले २ अर्ब ११ लाख, नेपाल बंगलादेश बैंकले २ अर्ब २९ करोड, एनएमबि बैंकले २ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका छन् । सानिमा बैंकले २ अर्ब २७ करोड रुपैयाँ र प्रभु बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ । यी सबै बैंकको नाफा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यसैगरी गत आवमा सिटिजन्स, लक्ष्मी, एभरेष्ट, सन्राइज, माच्छापुच्छे«, एनसीसी, स्ट्यान्डर्ड चार्टर्ड र बैंक अफ काठमाण्डूले १ अर्बभन्दा बढी नाफा गरेका छन् भने सिभिल, एसबिआई र सेञ्चुरीको नाफा १ अर्ब रुपैयाँभन्दा कम छ । सिटिजन्स बैंक इन्टरनेसनल १ अर्ब ५९ करोड रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ५४ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ८२ करोड रुपैयाँ, सनराइज बैंकले १ अर्ब ५८ करोड, माछापुच्छ«े बैंकले १ अर्ब ६१ करोड रुपैयाँ, एनसीसी बैंकले १ अर्ब २७ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १७ करोड रुपैयाँ र बैंक अफ काठमाडू्ले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

सिभिल बैंकले ५५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले ९६ करोड रुपैयाँ र सेञ्चुरी कमर्शियल बैंकले ७५ करोड रुपैयाँ नाफा कमाएका छन् । यसमध्ये एसबिआईको ३८ प्रतिशत र ६.७७ प्रतिशतले नाफा घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x