लक्ष्मी बैंकको १ सय ३४ औं शाखा रौतहटको गरुडामा

काठमाडौं, ३२ साउन । लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिकाको वडा न. ४, गरुड बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले यो शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

योसँगै बैंकको कुल शाखा संख्या १ सय ३४, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ६३ एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *