Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोशी कोरिडोर २२० केभी प्रसारण लाइन सम्पन्न, आजदेखि सञ्चालनमा आउँदै

कोशी कोरिडोर २२० केभी प्रसारण लाइन सम्पन्न, आजदेखि सञ्चालनमा आउँदै

काठमाडौं, १ भदौ । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न महत्वपूर्ण मानिएको कोशी कोरिडोर प्रसारण लाइन पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । उक्त प्रसारण लाइन आज (मंगलवार)देखि ३३ केभीमा सञ्चालनमा आउँदै छ ।

कुल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमताको प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि कोशी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाले उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सकिने भएको हो ।

सो प्रसारण लाइनमा कुल ३२६ टावर निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका आयोजनालाई राहत मिलेको छ । सो जलाधार क्षेत्रका झण्डै दुई हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको बिजुली सहजरुपमा प्रवाहका लागिसमेत पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन्् ।

इनरुवामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशको निर्माण पूरा भएको छैन । निर्माण व्यवसायीले तोकेअनुसार काम गर्न नसक्दा सबस्टेशनको काम पूरा हुन सकेको छैन । सो सबस्टेशन निर्माण सम्पन्न नभएकाले तत्कालका लागि अस्थायीरुपमा प्रसारण लाइन ३३ केभीमा चार्ज गरिएको हो । त्यसबाट भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x