महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच उपचार सेवामा छूटसम्बन्धी सम्झौता

काठमाडौं, १ भदौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा.लि.सँग सम्झौता गरेको छ । आइतवार भएको उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा.लि.मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छूट पाउनेछन् ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज÷आइसीयु, एचसीयु, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छूट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज÷क्याबिन, इन्भेस्टिगेशनमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।