Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सनराइज बैंकको तीन शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकको तीन शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं, १ भदौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। सोही क्रममा गत शुक्रबार र शनिबार बैंकले लुम्बिनी प्रदेश, बाँके जिल्लाको बैजनाथ गाउँपालिका ३ नौबस्तामा ८५ औं र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ९, चेतनगर विर्तामा ८६ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो।

साथै आइतबार बैंकले प्रदेश २, सिरहा जिल्लाको सुखिपुर नगरपालिका ५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सेवा सञ्चालनका लागी नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ। शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराइने बताइएको छ ।

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८७ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x