Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

माथिल्लो तामाकोशीका सबै युनिट सञ्चालनमा, छिट्टै व्यावसायिक उत्पादन थाल्ने

माथिल्लो तामाकोशीका सबै युनिट सञ्चालनमा, छिट्टै व्यावसायिक उत्पादन थाल्ने

काठमाडौं, ३ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका सबै युनिट सञ्चालनमा आएका छन् । राष्ट्रिय गौरवको ४५६ मेगावाटको यो आयोजनाका सबै (६ वटै) युनिट सञ्चालनमा आएका हुन् ।

आयोजनाले मंगलवारदेखि छैटौं युनिटबाट पनि परीक्षण उत्पादन शुरु गरेको थियो । आयोजनाले यसअघि पहिलो युनिट असार २१ गते, दोस्रो असार २९ गते, तेस्रो युनिट साउन ८ गते, चौथो युनिट साउन १८ गते र पाँचौं युनिट साउन २६ गतेदेखि सञ्चालनमा ल्याएको थियो ।

आयोजनाका सबै युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । छैटौं युनिट संचालनमा आएसँगै केही समयपछि आयोजनाले छिट्टै पूर्ण क्षमतामा व्यावसायिक उत्पादन शुरु गर्ने बताइएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइृनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००÷२२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x