Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

इ–सेवा मनि ट्रान्स्फरले डिजिटल साक्षरताका लागि इश्वर मन्दिर विद्यालयलाई गर्यो सहयोग हस्तान्तरण

इ–सेवा मनि ट्रान्स्फरले डिजिटल साक्षरताका लागि इश्वर मन्दिर विद्यालयलाई गर्यो सहयोग हस्तान्तरण

काठमाडौं, २ भदौ । इसेवा मनि ट्रान्स्फरले सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्तरगत भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलइडि टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरेका हुन् ।

स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्च्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको बताइएको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x