गेट वेल सुन कार्ड, कार्ड फिर्ता गर्दा विरामीले रकम पाउने
पूर्ण प्रसाद चौलागाई २०७५ वैशाख २० काठमाडौं । विरामी भेट्न जाँदा फलफुल, जुस, हर्लिक्स हाम्रो संस्कार नै बनेको छ । विरामीका आफन्त, साथीभाइ इस्टमीत्रले भेट्न जाँदा पनि प्राय सबैले फलफुल, जुस, हर्लिक्स नै लिएर जाने गरेको पाइन्छ । अहिले यो चलन विस्तारै कम हुदै गएको छ । विरामीको स्वास्थ्यलाई ध्यानमा राखेर अन्नपुर्ण न्युरो अस्पताल प्रा.लीले विरामी भेट्न आउँदा फलफुल र जुसको सट्टा गेट वेल सुन कार्ड अर्थात शिघ्र स्वास्थ्य लाभ कार्ड लिएर जाने नियम लागु गरेको छ ।
इष्टमित्र तथा नातेदार विरामी भए फलफुल जुस र अन्य खानेकुरा नलगे विरामी र आफन्तले के सोच्लान अथवा खालीहात विरामी भेट्न आयो भन्ने जस्तो भावना पनि मनमा आउन सक्छ । त्यसैले कसैले मनैदेखी त कसैले अरुले के भन्ला भनेर पनि फलफुल जुस लिने गरेका हुन्छन् । तर प्राय यसरी लगीएका खानेकुरा विरामीले नखाइ उसका नातेदार र आफन्तले खाइरहेका हुन्छन भने कतिपय कुहिएर सड्ने गरेको पाइन्छ । कतिपय फलफुल विसादी हालीएका तथा औषधी हालेर पकाइएका हुन्छन् । कतिपय फलफुलहरुले विरामीको स्वास्थ्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष असर परिरहेको हुन्छ ।
यसै कुरालाई मध्य नजर गर्दै अन्नपुर्ण न्युरो अस्पतालले विरामीलाई यस्तो प्रकारको खानेकुरा भन्दा आर्थिक सहयोग गरिदिँदा विरामी तथा विरामी पक्षलाई आर्थिक सहयोगका लागी विरामी लाई स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोगको संस्कार लाई अघि बढाउन गेट वेल सुन कार्ड सिस्टम लागु गरेको अन्नपुर्ण न्युरो अस्पतालका नारायण सत्यालले बताए । उनले विरामीका इष्टमित्र तथा साथी भाइलाई प्रत्यक्ष पैसा दिन असहझ महशुस हुने हुदा शिघ्र स्वास्थ्य लाभ पोष्टकार्ड मार्फत सहयो गर्न यो व्यवस्था लागु गरेको बताए । जस अनुसार भेट्न आउने आगन्तुकले अस्पतालको फार्मेसीबाट सो कार्ड खरीद गरी त्यसको खाली भागमा विरामीलाई शुभकामना सन्देश समेत लेख्न सकिने व्यवस्था गरीएको छ । जस कार्डको मुल्य क्रमशः. १०० रुपैयाँ, २५० रुपैयाँ र ५०० रुपैयाँ रहेको छ । बिरामीले जम्मा गरेका उक्त कार्डहरु डिस्चार्ज हुने दिन काउन्टरमा बुझाउदा कार्डको मुल्य बरावरको बिलमा छुट पाइन्छ ।
सन् २०१२ मा मायाको खुत्रुक्के नामबाट शुरु गरीएको थियो । बिरामीको वेडमा रहेको त्यस खुत्रुकेमा प्रत्यक्ष पैसा हाल्नु पर्ने भएकाले त्यसले गती लिन नसकेपछि २०१७ जुनमा यसलाई परिमार्जन गरी गेट वेल सुन कार्डमा परिणत गरीयो । अहिले सम्म अस्पतालमा आएका धेरै विरामी तथा आफन्तहरुले फाइदा उठाइसकेका छन् । हेल्थ इन्सुरेन्स राम्रो हुन नसकेकै कारण यो व्यवस्था लागु गरीएको संचालन प्रवन्धक सत्यालले जानकारी दिए । यो कार्ड बाहिर कसैले छाप्न नपाउनका लागी यस कार्डमा अस्पतालकै सिरीयल नम्बर राखीएको समेत जानकारी दिए । उनले अहिले सम्म ४ लाख भन्दा बढिको कार्ड प्रयोग भइसकेको जसमध्ये पाँच सय रुपैयाँ पर्ने कार्ड बढि प्रयोग हुने गरेको बताए । अबको केहि महिनामै यसलाई अनलाईन मार्फत किन्न सकिने व्यवस्था गरीएको पनि जानकारी दिए ।
अहिले भक्तपुर क्यान्सर हस्पीटल, ह्युमन अर्गान ट्रान्सप्लान्ट जस्ता अन्य केहि अस्पतालहरुमा समेत यो व्यवस्था लागु गरीएको छ ।
आर्थिक अभावका कारण उपचारबाट बन्चित बिरामी हरुमा धेरै सहयोग पुग्ने हुँदा यो व्यवस्था एकदमै प्रभावकारी रहेको बिरामी कुरुवा दिल बहादुर परियारले बताए । धेरै दिन देखी बिरामी कुरेर बसेका उनि उनका इष्टमित्र तथा साथी भाइ भट्न आउदा कार्डहरु लिएर आउने गरेको बताए । कार्ड जम्मा गरे बापत बिल्मा पैसा कम हुने भएपछि उनि खुशी देखीन्छन् । उनले ४ महिना अघि यो खबर थाहा पाउदा नौलो अनुभव समेटेको बताए ।