Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको शुरुवात

नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको शुरुवात

काठमाडौं, २० चैत्र । नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर कार्डवाट कार क्यास(ब्याक लगातार नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको शुरुवात गरेको छ । यस अभियानलाई देहाय बमोजिम तत्काल नगद फिर्ता योजना तथा बम्पर उपहार गरी दुई भागमा विभाजन गरिएको छ ।

नगद फिर्ता योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका एइक् तथा ई कमर्स साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक सफल कारोबार गरे पश्चात एक सय रुपैयाँ नगदै फिर्ता पाउनेछन । नगद फिर्ता योजनाको लागि योग्य हुन प्रत्येक कारोवार रकम कम्तीमा पाँच सय रुपैयाँ वा सो भन्दा बढीको हुुनु पर्नेछ ।

बम्पर उपहार योजनाको अन्त्यमा, योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई बम्पर उपहार स्वरुप हुन्डाइ ग्राण्ड आई १० म्याग्ना कार प्रदान गरिनेछ ।

यो योजना मिति २०७४ चैत्र २० गते देखि प्रारम्भ भई तीन महिना सम्म अर्थात मिति २०७५ आषाढ १९ गते सम्म रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x