सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

काठमाडौं, २० चैत्र । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर काभ्रेको श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यायललाई श्री उग्रचण्डी नाला समाज मार्फत हस्तान्तरण गरेको छ । सो कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *