Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रोग्रेशिभ फाइनान्सको रिक्त सञ्चालकमा विकास महर्जन नियुक्त

प्रोग्रेशिभ फाइनान्सको रिक्त सञ्चालकमा विकास महर्जन नियुक्त

काठमाडौं, ३ भदौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालकमा ललितपुर निवासी विकास महर्जनलाई नियुक्त गरेको छ । महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल टेलिकम, नेपाल स्टक एक्सचेन्ज लगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा सूचना प्रविधि विशेषज्ञका रुपमा काम गरेका छन् ।

यसबाहेक उनले प्रभु टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृत तथा प्रभु समूहमा महाप्रबन्धकका रुपमा समेत काम गरेको फाइनान्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फाइनान्सको सञ्चालक समितिमा उनको नियुक्तिबाट संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास फाइनान्सका अध्यक्ष किशोर महर्जनले व्यक्त गरेका छन् ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डिजीटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले हाल १५ वटा शाखा तथा ५ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै फाइनान्सले निकट भविष्यमा शाखा रहित बैंकिङ सेवा समेत प्रवाह गर्ने तयारी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x