बैंक अफ काठमाण्डूले कन्टयाक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्यायो

काठमाडौं, ४ भदौ । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशनमा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएका पीओएस मेसिनमा प्रयोग गर्न मिल्ने सुविधा ल्याएको हो ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ। हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणका लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दुरी कायम गर्न सहज हुने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *