Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उद्योग संगठन मोरङद्वारा उद्योगी तथा व्यवसायीहरुका लागि उत्प्रेरणामूलक कार्यक्रम

उद्योग संगठन मोरङद्वारा उद्योगी तथा व्यवसायीहरुका लागि उत्प्रेरणामूलक कार्यक्रम

विराटनगर, ४ भदौ । उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । उद्योग तथा व्यवसाय क्षेत्रले भोग्नु परेका व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग÷प्रतिष्ठानका सञ्चालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भदौ ३ गते बिहीबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफ्नो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने धारणा राखे । उनले संगठनद्वारा आयोजित फरक धारको यस कार्यक्रमका माध्यमबाट उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक एवं संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुन समिक्षा गर्न वाध्य वनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरुले अबका दिनमा एक व्यवसायिक योजनामा मात्र सिमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने धारणा राखे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x