Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका सिईऔलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका सिईऔलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

काठमाडौं, ४ भदौ । संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचारण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x