केयूमा अध्ययनरत विद्यार्थीहरुद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं, ४ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज २० र २४ वडा नगर समितिको संयोजन तथा व्यवस्थापनमा ‘रक्त व्यवस्थापनमा सबैको सहभागिता’ भन्ने मूल नारासिहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा शुक्रबार काठमाडौं विश्व विद्यालय (केयू) मा अध्ययनरत बिद्यार्थीहरूद्वारा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी वृत्तका प्रमुख डि.एस.पी. डिलबहादुर मल्लसमेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा महिला तथा पुरूष गरि ४१ जनाले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *