आईएमएफले आफ्ना स्रोतहरूमा रोक्यो अफगानिस्तानको पहुँच
काठमाडौं, ६ भदौ । अन्तरराष्ट्रिय मुद्राकोष (आर्ईएमएफ)ले आफ्ना स्रोतहरुमा अफगानिस्तानको पहुँचमा रोक लगाएको छ । तालिवानले सत्ता कब्जा गरेसँगै आईएमएफले यस्तो निर्णय गरेको हो ।
आईएमएफका प्रवक्ताले अफगानिस्तारको सरकारबारे अन्तर्राष्ट्रिय समुदायभित्र स्पष्टताको अभावलाई कारण देखाउँदै अगष्ट २३ मा आईएमएफबाट ३७ करोड डलरभन्दा धेरैको स्रोत अफगनानिस्तानमा जाने क्रममा रहेको र सो रोक्का गरेको जनाएका छन् ।
स्पेसियल ड्रबिङ राइट्स सम्बन्धी सम्पत्ति आइएमफएको सञ्चित पनि रोकिएको छ । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ९ अर्ब ५० करोड अमेरिकी डलर बराबरको रकम रोक्का गरेको छ । अफगान सरकारको स्वामित्वमा रहेको अफगानिस्तानको केन्द्रीय बैंकको नाममा रहेको उक्त रकम रोक्का गरेको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अरबी सञ्चार माध्यम अलजजिराले बताएको छ ।