टोयोटा र फक्सवागनले आफ्ना विश्वव्यापी उत्पादनमा ४० प्रतिशत कटौती गर्ने

काठमाडौं, ६ भदौ । सवारीसाधन निर्माता कम्पनी टोयोटा र फक्सवागनले आफ्नो विश्वव्यापी उत्पादनामा ४० प्रतिशत कटौती गर्ने भएका छन् । टोयोटा कम्पनीले ९ लाख कार उत्पादन गर्ने योजना बनाएकोमा त्यसलाई घटाएर ५ लाख ४० हजारमा सीमित गर्ने भएको छ ।

यस्तै जर्मन अटो निर्माता कम्पनी फक्सवागनले पनि उत्पादनमा थप कटौती गर्न सक्ने बताएको छ । कोरोना महामारीले चिप प्रयोग हुने फोन, टिभी लगायतको माग हत्तै बढाएको र कार उत्पादक कम्पनी फक्सवागनले तेस्रो त्रैमासिक चिप आपूर्ति कसिलो बन्न सक्ने बताएपछि कार उत्पादनमा कटौती हुन सक्ने आकलन गरिएको छ ।

टोयोटाका अरु प्रतिस्पर्धी कम्पनीहरू जनरल मोटर्स, फोर्ड, निशान, बीएमडल्यू, डायम्बर् र रेडोले यसअघि नै उत्पादनमा कटौती गरिसकेका छन् । चिप निर्माता कम्पनी इन्टेलले चिप अभावको अझै चर्को रूप देख्न बाँकी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *