Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंकको नाफाबारे संचालक र सिईओको टिप्प्णी– ‘खर्ब लगानी गरेर केही अर्ब नाफा कमाउनु ठूलो कुरो होइन’ (भिडियो सामग्री)

बैंकको नाफाबारे संचालक र सिईओको टिप्प्णी– ‘खर्ब लगानी गरेर केही अर्ब नाफा कमाउनु ठूलो कुरो होइन’ (भिडियो सामग्री)

काठमाडौं, ७ भदौं । मुलुकमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७७–७८ मा २० प्रतिशत नाफा बढाए । कोरोना माहामारीले मुलुकको अर्थतन्त्र शिथिल बन्नुका साथै कतिपय उद्योग व्यवसाय सधैंका लागि बन्द भएको अवस्थामा समेत बैंकहरूले खुद नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढाएर कुल ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ पु¥याए । जबकि अघिल्लो आर्थिक वर्षमा बैंकहरूको नाफा ५२ अर्ब ८० करोड ६ लाख रुपैयाँ थियो ।

पछिल्लो समय कोरोना महामारीले हरेक क्षेत्र धराशयी भएको अवस्थामा पनि बैंकहरुले धेरै नाफा कमाएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूको टिप्पणी भइरहेको छ । उसो त व्यवसायीहरुले पहिलेदेखि नै बैंकहरुले धेरै नाफा कमाएको आरोप लगाउँदै आएका थिए । तर संचालक र बैंकर्सहरू भने यो आरोपलाई ठाडै अस्विकार गर्छन् । खर्ब लगानी गर्ने बैंकहरुले केही अर्बमा नाफा कमाउनु स्वाभाविक भएको उनीहरुको तर्क छ । भिडियो सामग्री

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x