Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पेट्रोलियमको बढेको मूल्यमा समेत निगमलाई पाक्षिक अर्बको घाटा ?

पेट्रोलियमको बढेको मूल्यमा समेत निगमलाई पाक्षिक अर्बको घाटा ?

काठमाडौं, ८ भदौ । पेट्रोलिम पदार्थको मूल्य पटक पटक बढ्दा समेत नेपाल आयल निगमले पाक्षिक करिब १ अर्ब रुपैयाँ बराबरको घाटा भएको जिकिर गरेको छ । घाटा बढेको कारण देखाउँदै निगमले सोमवार रातिदेखि लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँले मूल्य बढाएको छ ।

तर मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको दाबी छ । निगमका अनुसार निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ९६ करोड ९ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।

बढेको मूल्यमा समेत पेट्रोलमा १९ करोड, डिजेलमा १९ करोड ६ लाख र खाना पकाउने एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ बराबरको घाटा रहेको रहेको निगमले बताएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा १ अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा र डिजेल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको निगमले बताएको छ ।

सोमवार बढेको नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० पुगेको छ । यस्तै डिजेल र मट्टीतेल प्रतिलिट र११३ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ ले वृद्धि गरेको छ । यससँगै ग्यास अब १ हजार ४५० रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x