हिमालयन बैंकको सहयोगमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २३ शय्याको स्तरोन्नती

काठमाडौं, ९ भदौं । हिमालयन बैंकले बासबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २३ शय्याको स्तरोन्न्ती गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त शय्याको स्तरोन्नती गरी संचालनमा ल्याएको हो ।

आज बैंकका महाप्रवन्धक सुशील जोशी र अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले संयुक्त रुपमा स्तरोन्नती गरि सेवाको सुरुवात गरेका हुन ।

शय्याको स्तरोन्नती गरेसँगै उपचारमा आउने विरामीहरुलाई निकै ठूलो सहयोग पुग्ने विश्वास छ । स्तरोन्नतरी गरेर व्यवस्थित र सुविधासम्पन्न बनाइएकाले इमरजेन्सीमा हुने चाप समेत कम हुने डा.अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *