Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बिहीबार नेप्से परिसूचक १७ अंकले बढेर बन्द, १३ अर्बको शेयर कारोबार

बिहीबार नेप्से परिसूचक १७ अंकले बढेर बन्द, १३ अर्बको शेयर कारोबार

काठमाडौं, १० भदौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १७.६० अंक वृद्धि भएर बन्द भएको छ । यो साता ३ दिन कारोबार भएकोमा २ दिन घटेको थियो । मंगलबार र बुधबार लगातार बजार उच्च अंकले घटेको थियो । आज सेन्सेटिभ इन्डेक्स ३.४० अंकले वृद्धि भएर ५७१.३९ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३०९४.०५ विन्दुमा रोकिएको छ ।

आज २३२ कम्पनीको २ करोड १६ लाख ९० हजार कित्ता शेयर १३ अर्ब ४२ करोड १९ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

८ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूहको भएको छ । विकास बैंक र हाइड्रोपावर समूहको परिसूचक ४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x