Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपालमा गतवर्ष ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

नेपालमा गतवर्ष ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

पूर्ण प्रसाद चौलागाईँ

काठमाडौं, १० भदौ । गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आय अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा रेमिट्यान्स आय ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ रवैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x