Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सहुलियतपूर्ण कर्जा १ खर्ब २२ अर्ब लगानी

सहुलियतपूर्ण कर्जा १ खर्ब २२ अर्ब लगानी

काठमाडौं, ११ भदौ । कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा १ खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म एक लाख चार हजार १०९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । आव २०७७÷७८ मा कुल १ खर्ब ४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको थियो । यस अघिको सहुलियतपूर्ण कर्जा प्रवाहसमेत गरी १ खर्ब ६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको छ । सो शीर्षकमा १ खर्ब ६ अर्ब ९८ करोड बराबरको कर्जा उपलब्ध भएको छ ।

महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएकामा ५० अर्ब ९८ करोड कर्जा पुगेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ५०१ ऋणीको ३ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x