Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

होटेल पवेराको आकर्षक प्याकेज

होटेल पवेराको आकर्षक प्याकेज

काठमाडौं, १० भदौ । होटेल पवेराले आन्तरिक पर्यटकहरूलाई लक्षित गरी अतिरिक्त सुविधासहितको आकर्षक प्याकेज ल्याएको छ । पवेरा परम्परागत नेपाली पहिचान मौलिकताका साथै मनोरम दृश्य, सुन्दर, शान्त र आनन्ददायी वातावरणका साथ अत्याधुनिक सुविधासहितको चारतारे बुुटिक होटेल हो ।

होटल पवेराका प्रबन्ध निर्देशक राधेश्याम थापाले भने, ‘यो केवल हाम्रो नयाँ होटल व्यवसाय मात्र होइन, सम्पूर्ण होटल र पर्यटन व्यवसायमै नयाँ आयाम हो । यो बुटिक होटेलले पर्यटन बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ र अत्याधुनिक बनाएको छ भने अर्कोतर्फ यसले हाम्रो उत्कृष्टतालाई कायम राख्दै आफ्ना ग्राहकप्रतिको अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गर्नेछ ।’

यो होटेलको बाहिरी आवरण जति आकर्षक छ, भित्री पनि त्यति नै आकर्षक रहेको बताइएको छ । होटमा रोयल लुक्सका सामग्री, स्थानीय उत्पादन, हस्तकला र अत्याधुनिक सुविधा सम्पन्न वाथटप, सातौं तल्लामा स्विमिङ पुल, जिम खाना लगायतको व्यवस्था छ ।

नयाँ सामग्री र परम्परागत तथा कलात्मक सजावटका कारण होटेल पवेरामा छुट्टै आनन्द महसुस गर्न सकिने होटल व्यवस्थापनले बताएको छ । माथिल्लो तल्लाबाट देखिने शिवपुरी जंगल, गुम्वा, तारेभिर र धार्मिक स्थल बुढानिलकण्ठ मन्दीरका कारण र विभिन्न भन्ज्याङको दृश्यले यसको सुन्दरता बढाएको होटलको भनाइ छ ।

बुढानिलकण्ठमा अवस्थित र नजिकै अति आवश्यक सुविधा, प्रहरी विट, अस्पताल भएको, होटलमा अटोलक सिस्टम, चिप्सलक सिस्टम र प्रत्येक ठाउँमा सिसि क्यामेराको निगरानी भएकाले पूर्णरूपमा सुरक्षित रहेको होटलका महाप्रबन्धक राजु घिमिरेले बताए ।

बूढानीलकण्ठ नगरपालिका–४, रुद्रेश्वर चोकमा रहेको होटल पवेरा आधुनिक सुविधाहरु, उत्कृष्ट सेवा, नेपालीपन, संस्कृतिसहित एक पहिचान स्थापित गर्न सञ्चालन गरिएको होटल व्यवस्थापनले बताएको छ । ‘हामी हाम्रो उत्कृष्ट सेवा सुविधाको सुनिश्चितता गर्दछौं, ता कि हामी हाम्रा पाहुनाहरूलाई एक अविस्मरणीय अनुभव लिएर पुनः हामीकहाँ फर्केर आउने अवस्था सिर्जना होस्,’ होटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *