Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

परिवर्त्य विदेशी मुद्रा सटहीमा नयाँ व्यवस्था, एकपटकमा बढीमा ३५ हजार डलर बराबरको मात्र

परिवर्त्य विदेशी मुद्रा सटहीमा नयाँ व्यवस्था, एकपटकमा बढीमा ३५ हजार डलर बराबरको मात्र

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रा सटहीका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरूले अब एकपटकमा ३५ हजार अमेरिकी डलर बराबरको परिवत्र्य विदेशी मुद्रा सटही गर्न पाउनेछन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गरी शुक्रवार उक्त निर्देशन जारी गरेको हो ।

बैंकका अनुसार यस्तो सटही सुविधा बढीमा एकपटकमा ३५ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान गर्न सकिनेछ । उक्त रकमसम्मको सीमाका लागि बेनिफिसरीको बिजनेश क्रेडिबिलिटी इन्फरमेशन (बीसीआई) अनिवार्य नहुने जारी निर्देशनमा उल्लेख छ ।

तर, कोभिड–१९ बाट सिर्जित स्वास्थ्य समस्यालाई रोकथाम तथा न्यूनीकरणको लागि सहजीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरणहरूको आयातको हकमा एउटै बीजकबाट अमेरिकी डलर १ लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्मको रकम ड्राफ्ट÷टीटीको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । यसका लागि बीसीआई अनिवार्य नहुने व्यवस्था २०७८ चैत्रमसान्तसम्मका लागि कायम गरिएको छ ।

साथै, एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिस सहित स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष निवेदन पेश सकिने व्यवस्था गरिएको छ । यस्ता सामग्री आयात गर्न आयातकर्ताले विदेशी विनिमय अपचलन भएमा स्वयम् जिम्मेवार हुने स्वःघोषणा बैंक तथा वित्तीय संस्थासमक्ष पेश गर्नुपर्ने समेत परिपत्रमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x