Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बेरुजु घटाउन कानुनसम्मत ढंगबाट कार्यसम्पादन गर्न प्रधानमन्त्रीको निर्देशन

बेरुजु घटाउन कानुनसम्मत ढंगबाट कार्यसम्पादन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कोष र सार्वजनिक अधिकार प्रयोग गर्ने पदाधिकारीले पारदर्शी, उत्तरदायी एवम् कानुनसम्मत् ढङ्गबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले सरकारी आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्ने, खर्चको औचित्य एवम् उत्पादकत्व वृद्धि सुनिश्चित हुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व बहन गर्न निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले सार्वजनिक खरिद र सुशासनलगायत प्रचलित कानुनको पालना गर्न मुख्य सचिव एवम् सचिवहरूलाई निर्देशन दिएका हुन् ।महालेखा परीक्षकको कार्यालयले आइतवार आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षणको प्रतिवेदनका सम्बन्धमा आयोजना गरेको कार्यक्रममा उनले सुशासन र कानुनको परिपालनामा स्पष्ट भएर काम गर्न आग्रह गर्नुभएको हो । सो अवसरमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रधानमन्त्री देउवाले वित्तीय कारोबार गर्ने र सार्वजनिक पदमा रहेका राष्ट्रसेवकले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन, जनअपेक्षाअनुसार सार्वजनिक स्रोतको परिचालन गर्न ध्यानकर्षण गराए । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा औँल्याइएका विषयमा नतिजा देखिने गरी सुधार गर्दै जान सबै सचिवलगायत जिम्मेवार पदाधिकारी दत्तचित्त भएर लाग्नुपर्नेमा उनले जोड दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

आर्थिक क्रियाकलपालाई पारदर्शी र जवाफदेही बनाई सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगसम्बन्धी विषयमा कानुन बमोजिमको जिम्मेवारी पूरा गर्ने गरी आफ्नो भूमिका बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजुमध्ये असुलउपर गर्नुपर्ने बेरुज समयसीमा तोकेर यथाशीघ्र असुल गर्न र नियमित वा फछ्र्योट गर्नुपर्ने बेरुजु कार्ययोजना बनाई यसै वर्षभित्र फछ्र्योट गर्नुपर्ने प्रधानमन्त्रीले बताए । आगामी दिनमा कमभन्दा कम बेरुजु कायम हुने गरी कार्यसम्पादन गर्न सरकारका मुख्य सचिवलगायत सबै अधिकारीलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x